युक्रेनमा रुसी अतिक्रमणका कारण सिर्जित विश्वव्यापी उर्जा संकटको अवस्थामा तेलको मागलाई कसरी घटाउने भन्ने सम्बन्धमा विश्वभरिका सरकारहरुले सोच्ने बेला आएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले चेतावनी दिएको छ । उर्जा निगरानी गर्ने संस्थाले यसका लागि १० बुँदे उर्जा योजनाको विस्तृत विवरण दिएको छ । यसमध्ये राजमार्गमा प्रतिघण्टा ६ माइलले गती सीमा घटाउने, १ सातासम्म ३ दिन घरैबाट काम गर्ने र शहरहरुमा आइतबार कार मुक्त गराउने लगायतका छन् ।मस्कोमाथि लगाइएको प्रतिबन्धले युरोपमा हुने एक तिहाई आपूर्ति रोकिने छ । यस