काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि मंगलवार मध्यरातदेखि सुरु हुँदैछ। मंगलवार प्रमुख दलका शीर्ष नेताहरुसहित सबै उम्मेदवारहरुका अन्तिम चुनावी सभा हुँदैछन्।
आज मध्यरातदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिने छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबिच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन्।…