उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम ल