लामो समयदेखि रोकिएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको चर्चा फेरि सुरु भएको छ । निर्वाचनको मिति नजिकिएसँगै हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको विषयले चर्चा पाउन थालेको हो । दलका नेताहरुले यस विषयमा आ–आफ्ना धारणा राख्दै आएका छन् । हेटौंडा बजारको मुख्य क्षेत्रका अधिकांश भूभाग प्रतिनिधिसभातर्फ मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा पर्दछ भने प्रदेशसभातर्फ मकवानपुर–१ (ख)मा पर्दछ ।चुनाव नजिकिएसँगै उक्त क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका दलका नेताहरुले सडक विस्तारको विषयलाई चु