झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा आइपुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री पहिलो पटक गृह जिल्ला आएका हुन्। नेकपा विभाजित भएकाले चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो। उनको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ