२ जेठ, बर्दिबास । बर्दिबास नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार मनिष समाललाई ३१ मत अन्तरले पराजित गर्दै सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले ४३३ मत ल्याउँदा समालले ४०२ मत ल्याए ।
१ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोला खड्का निर्वाचित भएका छन् । उनले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् । खड्काले ४२४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बाबुकाजी चौलागाईंलाई पराजित गरेका हुन् । बाबुकाजीले ४७२ मत ल्याएका छन् ।
महोत्तरी, २९ वैशाख । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए । काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।ञमेयरसापभित्र कुरा […]
जनकपुरधाम : नेपाली कांग्रेसले महोत्तरीको बर्दिबास नगरपालिका मेयरका लागि दुईजनालाई टिकट दिएको छ।प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन्। सोमबार आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परेका हुन्।सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट मेयर उम्मेदवारको लागि टिकट लिएर आएका थिए। सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई
महोत्तरी– दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन् । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताए । आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । कावासोती नगरपालिका–८ मा स्थापना गरिएको शाखाको उद्घाटन नगरप्रमुख चन्द्रकुमारी पुन, बर्दिबास नगरपालिका–१ मा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियामा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख हरि सिंह साउदले गरेका थिए । कार्यक्रममा तीनै स्थानीय तहका नगरप्रमुखहरुले […]
पुस्तौँदेखि जोतभोग र भोगचलन गर्दै आएका बर्दिबास नगरपालिका क्षेत्रभित्रका बसोबासीलाई जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका क्षेत्रमा नापी प्रक्रिया शुरु भएको छ । महोत्तरी जिल्लाको सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको नगरपालिका क्षेत्रभित्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि घर, घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउनका लागि नगरपालिकाले नगरक्षेत्रमा नापी प्रक्रिया अगाडि बढाएको नगर प्रमुख विदुरकुमार कार्कीले बताए । नगरपालिकाले पनि आयोगको समन्वयमा आफ्ना १
वीरगंज : स्थानीय प्रशासनले महोत्तरीको बर्दिबास बजारमा अनुगमन गरी उपभोक्ता ऐन विपरित कसुर गरेको अवस्थामा ८ वटा पसललाई कारबाही गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले बर्दिबास नगरपालिका वडा नम्बर १ स्थित कृष्ण स्टोर्सले बढी दाममा कारोबार गरेकोमा २ लाख, सोहीस्थानको बर्दिबास…