ओरालो लागेकै हो त नेटफ्लिक्स ?

माघ १२, काठमाडौं । नेटफ्लिक्समा एउटा कमेडी फिल्म छ ‘डन्ट लूक अप’ । नेटफ्लिक्सको अवस्था पनि यो फिल्मको जस्तै छ । अहिले कम्पनीको शेयर मूल्य दुई महीना अघिको कीर्तिमानी उचाईबाट ४० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । सब्सक्राइबरहरु दुःखै लाग्ने गरी सुस्त दरमा बढिरहेको छ । प्रतिस्पर्धा चर्को बन्दै गइरहेको छ । यी सबैको लागि कम्पनीको उत्तर छ, आफूले भर्खरै उत्तर अमेरिकी उपभोक्ताहरुमा पैसा बढाएका छौं ।  स्ट्रिमिङको जगतमा नेटफ्लिक्स सबैभन्दा उच्च स्थानमा पुगिसकेको छ । यसका प्रतिस्पर्धीहरुको टेक्ने आधार बलियो बन्दै गइरहेको अवस्थामा आफू भएको ठाउँबाट थप माथि जान नेटफ्लिक्सलाई सकस गर्नु परिरहेको छ । कम्पनी म्याचुरिटीमा पुग्नै लागेको जस्तो देखिएको मोफेटनाथानसनमा सञ्चार विश्लेषक माइकल नाथानसन बताउँछन् । कम्पनीले आफ्नो मूल्य बढाइरह्यो अनि अहिले आफूसँग भएको सब्सक्राइबरहरुको संख्या घट्न नदिन निरन्तर बढीभन्दा बढी कन्टेन्ट थपिरहेको उनको भनाइ छ । कन्टेन्ट व्यवसायमा लाभ हुन्छ कि हुँदैन भनेर प्रक्षेपण गर्न अति नै गाह्रो मध्ये एक भएको नाथानसनले अझ अगाडि भनेका छन् ।  धेरै आशा नगर  शेयर लगानीकर्ताहरुमा नेटफ्लिक्सको शेयरप्रति मोहधेरै पुरानो भएकै छैन । तर अहिले त्यो कुरा आकाशको फल जस्तो लाग्छ । कम्पनीको शेयर नोभेम्बरमा मात्रै प्रतिकित्ता ७०० डलरमा थियो । तर गएको मंगलवार बजार बन्द हुँदा यो ३६६ डलरमा थियो । पछिल्लो केही दिनयता शेयरको भाउ घट्ने क्रम रोकिएको छैन ।  किन घट्यो शेयर ? नेटफ्लिक्सको शेयर मूल्य घट्नुको एउटा कारण यसको नयाँ सब्सक्राइबर थप्ने लक्ष्य पूरा नहुनु हो । अर्को चाहीं सञ्चालन मुनाफामा आएको उच्च कमी पनि हो । कम्पनीले नयाँ - नयाँ कन्टेन्ट बनाउन खर्च बढाउन थालेसँगै सञ्चालन मुनाफा गएको त्रैमासमा ८३ प्रतिशतले घटेको थियो । सो अवधिमा कम्पनीले नयाँ सब्सक्राइबर लक्ष्य पूरा गर्न सकेन । गत वर्षको अत्यमा कम्पनीका सब्सक्राइबर २२ करोड १८ लाख थिए । यो डिज्नीलगायत अन्य स्ट्रिमिङ कम्पनीका तुलनामा धेरै हो । तर नेटफ्लिक्सको सब्क्राइबर वृद्धि भने अरुको तुलनामा निकै सुस्त छ । सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को अक्टोबरको बीचमा डिज्नीको सब्सक्राइबर ६० प्रतिशतले बढेको छ । तर सो अवधिमा नेटफ्लिक्सको सब्सक्राइबर ९ प्रतिशतले मात्रै बढ्यो ।  कन्टेन्टमा बढाएको खर्चका कारण सञ्चालन मुनाफामा उच्च कमी आएको छ । कम्पनीसँग भएको नगद सञ्चिति घट्दा पनि शेयर मूल्य प्रभावित भइरहेको छ । अमेरिकामा कम्पनीको वृद्धि सुस्ताएको छ । तर कम्पनीको व्यवसाय भारत लगायत एशिया प्रशान्त क्षेत्रका अन्य देशजस्ता बजारमा आक्रामक रुपमा बढ्न थालेको छ ।  कम्पनीको आम्दानीमा सब्सक्रिप्शनमाथि उच्च निर्भरता समस्याका रुपमा देखिएको छ । सब्क्राइबर वृद्धि संधै एकनाश हुँदैन । एक न एक दिन त सब्सक्रिप्शन नलिएका मानिसहरु पाइन छाड्नेछ । कम्पनीको वृद्धि क्षमताबारे चिन्तित लगानीकर्ताका लागि यो दुःखद खबर हो ।  नेटफ्लिक्सको शेयरमा आएको कमी कम्पनीमा व्याप्त समस्याभन्दा पनि वालस्ट्रिटको समस्या भएको अनुसन्धानमा आधारित सञ्चार कम्पनी म्यागिडमा प्रोग्रामिङ उपाध्यक्ष ज्याक शेख बताउँछन् । दीर्घकालमा नेटफ्लिक्सले आफूले सधैं सब्सक्राइबर थप्न सक्दिन भन्ने कुराको सामना गर्नु पर्ने ज्याक बताउँछन् ।  कम्पनीले वृद्धिमा आएको सुस्तीको प्रभाव उल्टयाउन गेमिङजस्ता अन्य क्षेत्रमा लगानी गर्न लागेको छ । अर्को तरिका मूल्य वृद्धि हो । तर प्रतिस्पर्धा चर्किदै जाँदा यो पनि कठिन साबित हुनेछ । कम्पनीले साइन अपमा देखिएको सुस्तीको प्रभाव कम गर्न मूल्य बढाएको हुनु पर्छ । तर यसले साइन अफ झनै स्थिर बनाउन सक्नेछ ।  केही उपभोक्ताका लागि थोरै नै भएपनि शुल्क वृद्धि भएपछि नेटफ्लिक्सको ढोकामा यति धेरै प्रतिस्पर्धीहरु छन् नि यही किन चलाउनु पर्यो भनेर पनि सोच्न थाल्छन् । डिज्नी प्लस, पिकक र एचबीओ म्याक्सले पनि स्ट्रिमिङ सेवा दिइरहेका छन् । यसले गर्दा एक डलर कम वा थोरै हुँदा पनि उपभोक्ताहरुले जिब्रो टोक्छन् अनि खल्ती छाम्छन् ।  प्रतिस्पर्धाका कारण आफ्नो मुनाफा मार्जिन प्रभावित भइरहेको नेटफ्लिक्स स्वयम्ले  पनि स्वीकार गरेको थियो । कोरोना भाइरसको महामारीको ओभरह्याङ र आर्थिक कठिनाईका कारण पनि कम्पनीको वित्तीय परिदृश्य कमजोर देखिएको नेटफ्लिक्सका सह–सीईओ रिट ह्यास्टिङ्सले केही दिन अगाडि बताएका थिए । यद्यपि, यस वर्ष कम्पनीको वृद्धिप्रति उनी निकै आशावादी देखिए । तर सन् २०२२ कम्पनीको वृद्धि र प्रतिस्पर्धाका लागि चिन्ता गर्नुपर्ने वर्ष हुनेमा नाथानसनले जोड दिएका छन् । एजेन्सीहरुको सहयोगमा

सम्बन्धित सामग्री

कहिले आउँदैछ मनिषा कोइरालाको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ ?

काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को स्ट्रिमिङ मिति घोषणा भएको छ । भन्सालीको यो डिजिटल डेब्यु सिरिज मे १ (वैशाख १९) गते रिलिज हुने जनाइएको छ । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको फिल्मले सन् १९४० को भारतीय स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा प्रेम, शक्ति र स्वतन्त्रताको कथा भन्छ । सिरिजमा […]

नेटफ्लिक्स स्टार फ्रिडा गुस्ताभसन बिदा मनाउन नेपालमा

काठमाडौं । चर्चित नेटफ्लिक्स सिरिज ‘भाइकिङ्स भल्हल्ला’ अभिनेत्री फ्रिडा गुस्ताभसन बिदा मनाउन यतिबेला नेपाल आएकी छन् । केही दिनदेखि उनी सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएकी छन् । नाम्चे पुगेकी उनले त्यहाँका आकर्षक पोस्ट गर्दै घुमघाममा आनन्द मिलिरहेको उल्लेख गरेकी छन् । उक्त नेटफ्लिक्स सिरिजको शीर्ष पात्र फ्रेडिसको भूमिकामा फ्रिडालाई देख्न सकिन्छ । स्वीडिस सुपरमोडल समेत रहेकी […]

समस्यामा नेटफ्लिक्स, १० लाख मानिसले छाडे प्लेटफर्म

एजेन्सी- लामो समयदेखि भिडियो स्ट्रिमिङको संसारमा रजाइँ गर्दै आएको नेटफ्लिक्स अहिले समस्यामा परेको छ। अप्रिल र जुलाईको बीचमा करिब १० लाख सदस्यहरूले नेटफ्लिक्स छाडेसँगै समस्यामा परेकाे हाे। यो त्रैमासिकमा सबैभन्दा धेरै अमेरिकी र क्यानडाका ग्राहकहरूले नेटफ्लिक्स छाडेका हुन्। त्यसपछि युरोपको नम्बर आउँछ। मंगलबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा यति ठूलो संख्यामा ग्राहकहरूले प्लेटफर्म छाड्नु कम्पनीको इतिहासमा सबैभन्दा […]

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ एमी अवार्डका १४ विधामा मनोनित

काठमाडौं । नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ले इतिहासमाथि इतिहास रच्दैछ । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने यो प्रमाण समेत हो । वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित यो दक्षिण कोरियाली सिरिजले टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ । मुख्य अभिनेता, सहायक […]

‘स्ट्रेन्जर थिङ्स ४’मा दर्शकको चाप बढेपछि नेटफ्लिक्स डाउन

काठमाडौं । बहुप्रतीक्षित सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का दुईवटा अन्तिम भाग रिलिज भएलगत्तै नेटफ्लिक्सको सर्भर डाउन भएको छ । वेब पोर्टलबारे जानकारी दिने डाउन डिटेक्टर डटकमका अनुसार उक्त सिरिजका दुई एपिसोड लाइभ भएलगत्तै शुक्रबार केही समयका लागि नेटफ्लिक्स नै क्र्यास भएको हो । एकछिनमै १३ हजार भन्दा बढी गुनासो आएपछि नेटफ्लिक्सले यो समस्या आधा घण्टाभित्रै समाधान […]

नेटफ्लिक्स मा हजारौँ अमेरिकी डलर कमाउनेले छाडे जागिर

आफूलाई काम गर्न रमाइलो नलागेपछि अमेरिकामा नेटफ्लिक्स इन्जिनियरको रुपमा काम गर्ने एक माइकल लिनले जागिरबाट राजिनामा दिएका छन्।मनीकन्ट्रोलको रिपोर्ट अनुसार उनले उक्त कामबाट वार्षिक ४५० हजार अमेरिकी डलर आम्दानी गर्दथे।उनले नेटफ्लिक्समा २०१७ बाट वरिष्ठ सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्दथे । त्यसबेला उनले सो काममा सधैंका लागि रहने सोचेका थिए।तर,उक्त काम गर्दा आफू समाजमा घुलमिल हुन नसकेपछि जागिर छोडे।