चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा सरकारले ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो सरकारको वार्षिक लक्ष्यको ६.६८ प्रतिशत हो । तर, सरकार आफैंले तय गरेको साउनको राजस्व संकलनको लक्ष्यभन्दा करिब २५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ अथवा २१.३९ प्रतिशत कम हो ।