दोहोरो नागरिकता लिएर नेपाल तथा भारतमा कारोबार गर्दै आएका तीन भारतीयविरुद्ध स्थानीय एक नेपालीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । उक्त उजुरीअनुसार भारतको दरभंगा घर भई विराटनगर–६ सरौचिया बस्दै आएका मोहमद नौसाद खान, नासिर खान र फैयाद खानले जन्मसिद्धको नेपाली नागरिकता लिएका हुन् ।