बझाङ : पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएको छ। बझाङको सदरमुकाम चैनपुरदेखि बाहिरी जिल्लासँग जोडिएको राजमार्ग देवल, सुवेडा र तमैल गरी तीन ठाउँमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो।राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन्। बझाङबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौँ जाने र बाहिर जिल्लाबाट बझाङको सदरमुकाम चैनपुर भित्रिने सवारीसाधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्।पाँच दिनदेखि अवर