अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुतारीको विवाद अब युवा तथा खेलकुद मन्त्रालयसम्म पुगेको छ । शुक्रबार बसेको कार्यसमितिको आकस्मिक बैठकले नेम्वाङ र अल्मुतारीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानबिन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिएका हुन् ।आजको बैठकले अक्टोबर पहिलो हप्ता हुने साफ च्याम्पियनसीप नेपालमा आय