राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदहरुले साना साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विप