राज्यमन्त्री उमेश श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता स्पष्टीकरण दिएका छन् । पछिल्लो केही दिनयता आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने नियतले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताउँदै श्रेष्ठले कुनै आधार र प्रमाणविनाका एकै ब्यहोराका कपोलकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचाररूपी अफवाह नियोजित ढंगले निरन्तर प्रकाशन एवं प्रसारण हुनु खेदजनक रहेको बताएका हुन् ।उनले भनेका छन्, 'आगामी आर्थिक वर्षको बजेट