नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई फुट्नबाट जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवास पुगेरै उनले एकताको पक्षमा उभिन आग्रह गरेका हुन्
काठमाडौं, १३ फागुन । कम्युनिस्ट नेता बामदेव गौतम एक्कासी सक्रिय भएका छन् । उनले आज खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपा विभाजनपछि गौतम पहिलोपटक खुमलटार पुगेका हुन् । प्रचण्डको सचिवालय समेत हेर्ने छोरी गंगा दाहालले यसलाई एक वर्षपछिको भेट भनी उल्लेख गरेकी छिन् । प्रचण्डसँगको भेटमा गौतमले […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको हो । संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भेट्नुभएको छ । हरिहरभवनस्थित मन्त्री क्वाटरमै गएर प्रधानमन्त्री ओलीले नेता थापालाई भेट्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद समाधानोन्मुख रहेकाबेला प्रधानमन्त्री ओली आफै सक्रिय हुनुभएको हो । सोअघि आजै विहान प्रधानमन्त्री ओलीले खुमलटार गएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको थियो । सो भेटमा पार्टी उपाध्यक्ष बामदेव गौतमको पनि सहभागिता थियो । भोली आइतबार नेकपा स्थायी कमिटी बैठक आव्हान गरिएको छ । सोअघि पार्टीको आन्तरिक विवाद सल्टाएर अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा पेश गर्ने वातावरण बनाउन अध्यक्ष ओली सक्रिय हुनुभएको नेकपाका नेताहरुको भनाई छ । प्रधानमन्त्री ओली आफै विवाद सल्टाउन सक्रिय हुनुभएपछि त्यसलाई नेताहरुले ‘सकारात्तमक कदम’ भन्नुभएको छ । संवैधानिक परिषदको पछिल्लो अध्यादेश सरकारको तर्फबाट प्रधानमन्त्रीले ल्याउनुभएपछि पार्टीभित्र तिव्र असन्तुष्ट बढेको थियो । संवैधानिक निकायमा राजनीतिक नियुक्त गर्न बाँकी रहेकाले बैठकमा गणपुरक संख्या नपुग भएपछि सरकारलाई अध्यादेश ल्याउनु परेको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । तर पार्टीको बैठकमा त्यसबारे छलफल भई फिर्ता लिने सहमति भइसकेकाले प्रक्रियाअनुसार अध्यादेश फिर्ता हुने उहाँले बताउनुभयो । संवैधानिक निकायको करिब ४५ वटा पदपूर्ति गर्न अझै बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको हो ।
‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री नै खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रीत भयो ।’ प्रेस संयोजक विष्णु सापकोटाले गोरखापत्र अनलाइनले जानकारी गराउनुभयो
उहाँहरुसँगै नेकपा उपाध्यक्ष बामदेव गौतम पनि उक्त भेटवार्तामा सहभागी जनाउनुभएको थियो ।