प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको हो । संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न […]

सम्बन्धित सामग्री

पुनर्मिलनकाे प्रस्ताव बाेकेर खुमलटार पुगे बामदेव

नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई फुट्नबाट जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवास पुगेरै उनले एकताको पक्षमा उभिन आग्रह गरेका हुन्

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गर्नुभएको छ । पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको हो । ‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री नै खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रीत भयो ।’ प्रेस संयोजक विष्णु सापकोटाले गोरखापत्र अनलाइनले जानकारी गराउनुभयो उहाँहरुसँगै नेकपा उपाध्यक्ष बामदेव गौतम पनि उक्त भेटवार्तामा सहभागी जनाउनुभएको थियो ।