हालै बाहिर आएको एक रिपोर्टले मेटाको भर्चुअल रियालिटी प्रविधि र मेटाभर्सले बालबालिकामा पार्न सक्ने खतराबारे सचेत गराएको छ । बलियो सुरक्षा मापदण्ड निर्माण नगरिकनै मेटा अर्थात् फेसबुकले द्रुत गतिमा भर्चुअल रियालिटि टेक्नोलजीलाई अघि बढाइरहेको ‘कमन सेन्स मिडिया’ नामक अध्ययन संस्थानले जनाएको छ ।