भारतमा राष्ट्रपति पदका लागि निर्वाचन : द्रौपदी मुर्मू र यशवन्त सिन्हाबीच प्रतिस्पर्धा

भारतमा आज राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ। उक्त पदका लागि सत्ताधारी दल भारतीय जनता पार्टीले आदिवासी नेतृ द्रौपदी मुर्मूलाई अघि बढाएको छ। यता विपक्षले भने पूर्व वित्तमन्त्री यशवन्त सिन्हालाई अघि सारेको छ। मतगणना भने जुलाई २१ मा हुने भारतीय सञ्चार माध्यमले जनाएको छ। हालका राष्ट्रपति रामनाथ कोविन्दको पदावादि यही जुलाई…

सम्बन्धित सामग्री

भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतीय राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

सुगौली सन्धि अगाडिको नेपाल कायम हुनुपर्ने भन्दै ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राष्ट्रपतिसमक्ष त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भारतीय स्वतन्त्रता दिवस अगस्ट १५ का दिन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू समक्ष ज्ञापनपत्र …

राष्ट्रपतिमा आदिवासी महिला

दक्षिणी छिमेकी भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ। भारतको यस सर्वोच्च नागरिक पदमा पुग्ने उहाँ पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुनुभयो। मुर्मूलाई जितको निम्ति पाँच लाख ७७ हजार भोट सजिलै प्राप्त भयो जबकि उहाँका निकटतम प्रतिद्वन्द्वी भारतका भूतपूर्व विदेशमन्त्री यशवन्त सिन्हालाई दुई लाख ६१ हजार भोट प्राप्त भयो। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष (अमृत महोत्सव) मनाइरहेको छ। यस्तोमा एक आदिवासी महिला राष्ट्रपतिको पदमा निर्वाचित हुनु सामान्य उपलब्धि होइन। वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट आउँछन्। विगत साढेसात दशकमा भारतले तीन–तीन मुस्लिम राष्ट्रपति, दुई महिला, दुई दलित, एक आदिवासी र एक धार्मिक अल्पसङ्ख्यक शिख समुदायबाट राष्ट्रपतिको पदमा विराजमान गराएको छ। तमिलनाडुदेखि लिएर पश्चिम बङ्गालसम्मकालाई पनि प्रतिनिधित्वको अवसर प्राप्त भएको छ।

पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत

भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।

पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत

भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।