भारतसँग रेलमार्ग र जलमार्ग विस्तारको सहमति गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्ज–काठमाडौं रेलबाट नेपाली उत्पादन निर्यात गरी मुलुकको व्यापारघाटा कम गर्नुपर्ने बताएका छन् । प्रारम्भिक अध्ययनसमेत नभएको रेलमार्गप्रति निकै उत्साहित देखिएका ओलीले रेल आएपछि कुन वस्तु कति उत्पादन गर्ने भन्ने तयारीमा लाग्न व्यवसायीलाई सुझाव पनि दिए ।