जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ । एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरे