नेपालमा अमेरिकी लगानीको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादमा परेर कार्यान्वयन हुन सकेको छैन ।
विवादकै कारण नेपाल र अमेरिकाको सम्बन्ध समेत धरापमा परेको अमेरिकी अधिकारीहरूको बयानले संकेत गर्छ ।
एमसीसीका विषयमा नेपाली जनता सकारात्मक नदेखिएकाले शीर्ष दलका नेताहरूलाई संसदबाट यसको अनुमोदन गराउन अप्ठ्यारो परिरहेको हो । विशेषगरी एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तालाई सम्मान नगर्ने जस्तो देखिएकाले नेपाली जनता यसका विरुद्ध उभिएका हुन् ।
निम्न र मध्यम आय भएका मुलुकको विकास ...