नेपालमा घडी ल्याउँदा महँगो भन्सार तिर्नुपरेको छ : टाइटन घडीका बिजनेश हेड जोसेफ प्रिन्स

नेपालमा टाइटन घडीले दुई ओटा नयाँ स्टोरहरू सञ्चालनमा ल्याएको छ । टाइटन घडीले सन् २०२३ मा दरबारमार्ग र जावलाखेलमा गरी थप दुई ओटा स्टोर खोलेको हो । यससँगै नेपालमा धरानमा अहिले टाइटन घडीका स्टोरको संख्या तीन पुगेको छ ।  नेपालमा टाइटन घडीको नयाँ स्टोरको उद्घाटनमा सहभागी टाइटन घडीका बिजनेस हेड जोसेफ प्रिन्स नेपाली बजारमा घडीको ठूलो सम्भावना रहेको बताउँछन् । आर्थिक अभियानका अनन्त्य सुन्दरले जोसेफ प्रिन्ससँग टाइटन घडीका साथै नेपालमा घडीको बजारलगायत विषयमा गरेकाे संवाद ।  नेपालमा अहिले टाइटनका कस्ता घडीहरू पाइन्छन् ?  नेपालमा अहिले सञ्चालनमा रहेका स्टोरमा टाइटनका हजारभन्दा बढी घडीहरू पाइन्छन् । नेपाली स्टोरहरूमा अहिले ३५ सय रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्मको टाइटनका घडीहरू उपलब्ध छन् । यस्तै ग्राहकहरूको अर्डरबमोजिम ‘नेबुला’ सिरिजको १८ क्यारेट सुन भएको एक लाखदेखि नाैं लाख रुपैयाँसम्मका घडी उपलब्ध गराउन सकिन्छ ।  नेपालमा टाइटन घडीको बजार कस्तो छ ? नेपालमा ग्राहकहरूलाई टाइटनले दुई सताब्दियता विभिन्न सिरिजका घडी उपलब्ध गराउँदै आएको छ । नेपाली ग्राहकहरूले टाइटेनको घडी रूचाएको कारण नै अहिले हामी थप दुई ओटा स्टोरहरू सञ्चालनमा ल्याउन सफल भएका छौं । यस्तै निकट भविष्यमा नेपालको अन्य ठाउँहरूमा पनि स्टोर विस्तार गर्ने योजना छ ।  टाइटनका स्टोरहरूमा घडीबाहेक अन्य के प्रडक्ट पाइन्छन् ?  नेपालमा सञ्चालनमा टाइटनका स्टोरहरूमा घडीका साथै पर्फ्युम, बेल्ट, चस्मा आदि पाइन्छ । यस्तै टाइटनका स्टोरहरूमा टाइटन ब्राण्डका साथै सोनाटा, फास्ट ट्रयाक, एक्सवाईएलवाईएस लगायत ब्राण्डका घडीहरू पनि उपलब्ध छन् ।  ग्राहकहरूले टाइटन घडी रूचाउनुको कारण के हो जस्तो लाग्छ ?  ग्राहकहरूले टाइटन घडी रूचाउनुको प्रमुख कारण नै घडीको गुणस्तर हो । त्यसबाहेक टाइटन घडीहरूमा ग्राहकहरूलाई विविध छनोट पनि छन् । यस्तै टाइटन घडी डिजाइनका साथै स्टोरहरूले घडी किन्नुअघि र घडी किनिसकेपछि पनि दिने सेवाको कारणले पनि ग्राहकहरूले घडी रूचाएको पाइन्छ ।  टाइटनले वार्षिक कति घडी उत्पादन गर्दै आएको छ ?  टाइटनले वार्षिक एक करोड ५० लाख घडी उत्पादन गर्दै आएको छ । विश्वभरमा टाइटेन पाँचौं ठूलो घडी उत्पादकमा पर्छ । हरेक तीन सेकेन्डमा टाइटनको घडी उत्पादन हुँदै गर्दा ३२ देशमा रहेको ११ हजार ओटा स्टोरहरूबाट हरेक तीन सेकेन्डमा टाइटेनको एउटा घडी विक्री हुन्छ ।  अहिले साधरण घडीलाई स्मार्ट घडीले प्रतिस्थापन गरिरहेको छ । यसलाई कसरी हेर्नु भएको छ ?  विश्वभर नै अहिले स्मार्ट घडी लगाउनेहरूको संख्या बढी रहेको छ । त्यसैले अहिले टाइटनले पनि स्मार्ट घडीको उत्पादन शुरू गरेको छ । तर, साधारण घडी रूचाउने ग्राहकहरूको संख्या पनि ठूलो नै छ । टाइटनले भारत बाहिरको मुलुक नेपालमा पहिलोपटक स्मार्ट घडी पनि लञ्च गरिसकेको छ ।  नेपाल सरकारले टाइटन घडीको बजार विस्तारमा कसरी सहयोग गर्न सक्छ ?  अहिले हामीले नेपालमा घडी ल्याउँदा महँगो भन्सार तिर्दै आएका छौं । त्यसैले भन्सारमा केही प्रतिशत छूट हुँदा बजार विस्तारमा सहयोग हुन्थ्यो । त्यस विषयमा हामी छलफल पनि गरिरहेका छौ ।  यस्तै साफ्टा अन्तर्गतको सम्झौतामा घडीलाई दिने छूटबारे क्लियर नहुँदा हामी सहुलियतबाट वञ्चित भएका छौं । 

सम्बन्धित सामग्री

घडी किन बायाँ हातमै लगाइन्छ ?

मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । केही समय अगाडि समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको बायाँ हातमा १२ करोडको घडी भनेर चर्चा पनि चलेको थियो । विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ । आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ । […]

बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ?

समय हेर्ने सबैभन्दा भरपर्दो माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ । तर समय बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात् समय हेर्नका लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तुशास्त्र अनुसार हानी समेत हुनसक्छ । वास्तुशास्त्रका […]

हरेकको हात-हातमा मोबाइल, त्यसो भए हातमा घडी किन बाँध्ने? (भिडियो)

के तपाईंले हातमा घडी लगाउनु भएको छ? हातमा लगाइएको घडी समय हेर्नकै लागि लगाउनुहुन्छ कि फेशनका लागि मात्रै लगाउनुहुन्छ? हिजोआज समय थाहा पाउनकै लागि घडी लगाउनुपर्ने बाध्यता भने छैन तर पनि धेरैले हातमा घडी लगाउँछन्। मानिसहरु आफूलाई ‘स्मार्ट’ देखाउका लागि पनि घडी लगाउने गर्छन्। त्यति मात्रै होइन, कतिपयले आफ्नो लुगाअनुसार, स्थानअनुसार फरक–फरक घडी लगाउने गर्छन्। […]

वीरेन्द्रनगरको घण्टाघरमा नयाँ घडी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको घण्टाघरमा नयाँ घडी जडान गरिएको छ । झण्डै १२ वर्षपछि घण्टाघरमा नयाँ घडी जडान गरिएको हो । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयका वीरेन्द्रनगर नगरपालिकाले घडी जडान गरेको हो

नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि

काठमाडौं । ‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने […]

वार्षिक एक अर्बभन्दा बढीको घडी आयात

नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ । सो अवधिमा उक्त मुल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ क

नक्कली निस्केपछि लुटेराहरूले फिर्ता गरे घडी

लुटेर लगेको घडी नक्कली रहेको थाहा पाएपछि इटालीको नापेल्स सहरमा लुटेराहरूले एक पर्यटकको घडी फिर्ता गरेका छन् । स्वीटजरल्याण्डका दुई जना पर्यटकहरू शनिबार सहरको मध्य भागमा रहेको पियाजा ट्राइस्टे इ ट्रेन्टो रेस्टुरेन्टमा बसेर खाइरहेका हुन्छन् । त्यतिबेला बेला एक युवक आएर एकजनाको कञ्चटमा बन्दुक तेसौउँदै घडी लुटेर लैजान्छन् । तर सात मिनेटपछि नै अर्का युवक आएर माफी माग्दै घडी मालिकलाई फिर्ता गरिदिन्छन् । यो कुरा रेस्टुरेन्टको सीसीटीभी क्यामेरासमेत कैद हुन्छ ।लुटेराले रिसार्ड मिलको बहुमूल्य घड

यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ

काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ । उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो । यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ […]

वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।  महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आ

७० डलरको घडी लगाउँछन् विश्वकै धनीमध्येका बिल गेट्स

विश्वका धनीमध्येका बिल गेट्सले कति डलरको घडी लगाउँछन् होला ? तपाईको अनुमान हुनसक्छ रोेलेक्स घडी त पक्कै लगाउलान् । तर उनले अत्यन्तै सस्तो क्यासिओ ब्राण्डको घडी लगाउँछन्, जसको मूल्य ७० अमेरिकी डलरको हाराहारीमा रहेको छ । त्यस्तै मार्क जुकरबर्गले कति मूल्यको घडी लगाउनलान् ? झण्डै ८३ बिलियन डलरका धनी उनले पनि पक्कै महँगो घडी लगाउँछन् […]