सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल