काठमाडौं (अस) । एभरेष्ट बैंकले तनहुँको दमौली शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।
कार्यक्रममा बैंकले सम्पर्करहित भुक्तानीलाई प्रवद्र्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।
हाल बैंकले १०३ शाखा, १३५ एटीएम, ३१ राजस्व संकलन काउन्टरसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा दिँदै आएको छ ।