इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरूपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये एक हजार नौ सय ८९ पुरुष र एक हजार नौ सय ८९ महिला छन् । नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि नागरिकता बनाउने बढेक