विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।'बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौ तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौँ ' वडाध्यक्ष शम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्याएर