बुटवल : अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका-२ ओखरीका ८० वर्षीय रामबहादुर क्षेत्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार बिहान घरबाट झिरा आउने क्रममा क्षेत्रीलाई रानी सामुदायिक वनमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारको लागि प्राथमिक…