विपन्नको सामान खोसेर चार महिनामा काठमाडौं महानगरले गर्यो ९० लाख आम्दानी
सडकपेटी, साइकल तथा ठेलागाडामा बेच्न राखेको फलफूल, लत्ताकपडा र खाद्य सामग्री जफत कार्यलाई तीव्रता
काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूबाट पछिल्लो चार महिनामा दैनिक झन्डै चार सय बोरा उपभोग्य वस्तु जफत गरेको छ ।...
विराटनगर महानगरले चालु वर्षको ६ महिनामा पनि लक्ष्यको ३३ प्रतिशतमात्र आम्दानी गरेको छ । चालु वर्ष ३ अर्ब २८ करोड ५० लाख कुल आय गर्ने लक्ष्य राखेको महानगरले पुस मसान्त सम्ममा १ अर्ब ८ करोड ६८ लाखमात्र आम्दनी भएको नगर सभाको १३ अधिवेशनमा उपप्रमुख शिल्पा कार्की निरौलाले प्रस्तुत गरेको आर्थिक विवरणमा उल्लेख छ ।
विराटनगर । विराटनगर महा–नगरपालिकाले विराटनगर विमानस्थलको फोहोर उठाउन छाडेको छ । बारम्बार ताकेता गर्दा पनि विमानस्थलले तिर्नुपर्ने कर नबुझाएपछि बुधवारबाट विमानस्थलको फोहोर उठाउन छाडेको महानगरले जानकारी दिएको छ । विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । सम्पत्तिकर र बहालकर नतिरेपछि विमानस्थलको फोहोर उठाउन बन्द गरेको महानगरको भनाइ छ । महानगरले सम्पत्तिकर र बहाल कर तिर्नुका साथै निर्माणाधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको थियो ।
विराटनगर विमानस्थलले हालको टर्मिनलभित्र चमेना गृह, पार्किङ, एयरलाइन्सलाई काउन्टर भाडामा लगाउने गरेको छ । त्यसका अलावा विमानस्थलभित्रको चार बिगाहा जमीन पनि कृषि प्रयोजनका लागि भाडामा लगाइएको छ । विमानस्थलबाहिर ५० भन्दा बढी सटर भाडामा लगाइएको छ । त्यसबापत महानगरलाई तिर्नुपर्ने कर बुझाउन बाँकी छ ।
विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले विभिन्न शीर्षकको १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ ।
विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले बताए । ‘हामीले पटकपटक आग्रह गर्दा विमानस्थल प्रशासनले कर तिरेन, नतिरेपछि करको दायरामा ल्याउन असहयोग (फोहोर नउठाउने) गर्ने निर्णयमा पुग्यौं,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नेलाई महानगरले शुल्क तिर्छ, कर नतिरेपछि फोहोर नउठाउने निर्णयमा पुग्यौं ।’
महानगरपालिकाले संकलन गर्ने करले कर्मचारीको तलब मात्र पुग्छ । महानगरवासीलाई दिइने सुविधा र विकासका लागि खर्च नपुगेपछि महानगरले कर संकलनमा कडाइ गर्दै आएको छ ।
महानगरलाई कर नतिरेको विषयमा विमानस्थल प्रमुख रिञ्जी शेर्पाले कुनै प्रतिक्रिया दिएनन् । उनी सकेसम्म सञ्चारकर्मीको फोन नै उठाउँदैनन्, उठाइहाले पनि करको विषयमा बोल्न चाहँदैनन् ।
विमानस्थललगायत धेरै संस्थानले एक पैसा कर नतिरेको महानगरको भनाइ छ । कर नतिर्ने संस्थालाई करको दायरामा ल्याउन विभिन्न प्रक्रिया अपनाएको महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । आफूहरूले आग्रह गर्दा विमानस्थल प्रशासनले नटेरेको र विमानस्थलको सम्पत्ति मूल्यांकन गरी कर निर्धारण गर्ने पनि गौतमले जानकारी दिए ।
विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमीटरको टर्मिनल भवन निर्माणाधीन छ । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) मा १ अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । जेठ मसान्तसम्ममा ५१ करोड ६५ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । गतवर्ष महानगरको आन्तरिक आम्दानी ४९ करोड ६४ लाख रुपैयाँ थियो ।
चालू आव कर संकलनका लागि महानगरले अभियान सञ्चालन गरेको थियो । कैयौं ठूला करदातालाई करको दायरामा ल्याएको थियो । कर नतिर्ने व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन बजार क्षेत्रका १० ओटा वडामा २० जना स्वयंसेवक परिचालन गरेको थियो । अनलाइनबाट कर संकलनको थालनी पनि
गरेको थियो ।
गौतमका अनुसार नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले पनि कर बुझाएको छैन । जिल्लास्थित कार्यालयले भने नियमित राजस्व बुझाइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले ३ करोड रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी छ । खानेपानी संस्थानले १ करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल व्यापार कम्पनीले करीब १ करोड राजस्व बुझाउन बाँकी रहेको महानगरले बताएको छ । यी संस्थानले स्थापनायता सम्पत्ति र बहालकर बुझाएका छैनन् ।
३० चैत, विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरले गत वर्षको तुलनामा आन्तरिक आम्दानी बढ्ने देखिएको छ । कर संकलन अभियानलाई तीब्र बनाएको महानगरपालिकाले आन्तरिक आम्दानी बढ्ने भएको हो । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा महानगरपालिकाले ४१ करोड ८२ लाख […]
चितवन । भरतपुर महानगरपालिकाले पूरक बजेट ल्याएको छ । १२औं नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको हो । शुक्रवार पूरक बजेट प्रस्तुत गर्दै उपमेयर चित्रसेन अधिकारीले यसबाट महानगरलाई थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम पर्याप्त नभएमा वा कुनै सेवा तथा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।
पूरक बजेटमार्फत थप २४ नयाँ कार्यक्रम तथा शीर्षकहरूमा रकम छुट्ट्याइएको छ, जसअनुसार पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न नागरिकको मिर्गौला रोग उपचार (डायलासिस सेवा)का लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपूरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, बेपत्ता तथा घाइते परिवारका लागि २० लाख, विपन्न आर्थिक सहायताका लागि ५ लाख, भरतपुर आँखा अस्पतालका लागि १ करोड, वडास्तरीय पार्क निर्माण (वडा नं १८)का लागि ३० लाख र एमआरसी सेन्टर स्थापनाका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी स्मार्ट सिटीको गुरुयोजना निर्माणका लागि १ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड, मागमा आधारित सडक ग्राभेलिङका लागि १ करोड र ह्युमपाइप खरीदका लागि ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । यसबाहेक अन्य कार्यक्रममा समेत बजेटको व्यवस्था गरिएको छ । ‘स्रोत सुनिश्चित गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौं,’ उपमेयर अधिकारीले भने, ‘यसले समुन्नत र सुदृढ महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’
पूरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४०० रुपैयाँ पुगेको छ । महानगरले चालू आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्ममा चालूतर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजीगततर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको छ । महानगरले १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ३४ करोड २९ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र संकलन भएको छ ।
नगरसभाले महानगरको विकासका कामलाई तीव्रता दिँदै आर्थिक गतिविधि चलायमान बनाउनेगरी भएका निर्णयहरू सर्वसम्मत अनुमोदन गरेको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर रेनु दाहालले भरतपूरको विकासका लागि पार्टीभन्दा माथि उठेर आफूले विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निष्पक्ष रूपमा काम गर्ने बताइन् । करको दरभन्दा दायरा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानी बढाउन सबै जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा समेत उनले गरिन् ।
काठमाडौं महानगरपालिकाको आम्दानी साढे ३८ करोड रुपैयाँले बढेको छ । गत वर्ष २०७८ को असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा उक्त आम्दानी बढेको हो । गत वर्षको असोज ५ गते महानगरले १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ आम्दानी गरेको थियो । जुन, ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँले बढेर १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ पुगेको छ ।यो गत वर्षको असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा २८.८५ प्रतिशतले बढी हो । महानगरले धमाधम वर्षौदेखि नउठेको कर उठाइरहेको छ । भृकुटीमण्डपमा अवस्थित फनपार्कदे
विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्।चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो तर उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ। चालू वर्षको संशोधित अनुमान २ अर्ब ३२ करोड ८१ लाख १६ हजार छ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्
वीरगञ्ज । एशियाली विकास बैंकको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर व्यवस्थापन केन्द्र शहरको मुहार फेर्न सहयोगी बनेको छ । यसअघि नेपालकै प्रवेशद्वार मानिएको शंकराचार्यद्वारको छेवैमा थुपारिएको फोहोरको डंगुरले वीरगञ्जको सुन्दरता नै बिगारिरहेको थियो ।
नेपाल–भारत सीमानामा रहेको शंकराचार्यद्वार भएर आउजाउ गर्ने जो कोहीमा यो फोहोरको थुप्रोले नकारात्मक सन्देश दिइरहेको थियो । यो वीरगञ्जलाई फोहोर र फोहोरमा फैलिने लामखुट्टेको अस्तव्यस्त शहरको रूपमा पनि चिनाउन पर्याप्त थियो । फोहोर व्यवस्थापन केन्द्र सञ्चालन भएपछि वीरगञ्जको सरसफाइ प्रभावकारी भएको छ । शंकराचार्यद्वार र नगरका अन्य खुला ठाउँमा थुपार्ने गरिएको फोहोर अब वीरगञ्जको नगवामा १६ बिघा १० कट्ठा क्षेत्रफलमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन भइरहेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । वीरगञ्जको सरसफाइ प्रभावकारी बनाएर शहरको सुन्दरता बढाउन यो पूर्वाधार कोसेढुंगा नै सावित भएको प्रमुख सरावगीको भनाइ छ । नगर क्षेत्रको सरसफाइमा निजीक्षेत्रलाई सहभागी बनाएर महानगरको स्रोतको प्रभावकारी परिचालनको नीति पनि महानगरले लिएको छ ।
वीरगञ्जको सरसफाइ विगतको तुलनामा सुधारोन्मुख देखिएको युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल बताउँछन् । ‘महानगरले फोहोर संकलन र विसर्जनलाई प्रभावकारी बनाएको अनुभूति भएको छ । विगतको तुलनामा वीरगञ्जमा लामखुट्टेको समस्या पनि कम भएको छ,’ वीरगञ्ज १० का बासिन्दा अग्रवालले भने ।
महानगरले लामखुट्टै फैलिने समयमा औषधि छर्किएर लामखुट्टे मार्ने अभियान नै चलाउने गरेको सरावगीले जानकारी दिए । महानगरले एडीबीको सहयकार्यमा ४७ करोड ८० लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको हो । नगरक्षेत्रबाट दैनिक ८० मेट्रिकटन फोहोर संकलन हुने महानगरले बताएको छ । नगरका विभिन्न क्षेत्रबाट उठाइएको फोहोर व्यवस्थापन केन्द्रमा पुर्याइने गरेको छ । यो पूर्वाधारमा नगर क्षेत्रबाट निस्किने फोहोरलाई २५ वर्षसम्म व्यवस्थापन गर्न सकिने महानगरले बताएको छ ।
फोहोरबाट मोहोर
फोहोर व्यवस्थापन केन्द्रबाट महानगरले वर्षमा करीब २० करोड रुपैयाँ आय आर्जनको योजना राखेको छ । कुहिने फोहोरबाट मल बनाउने र पुनः प्रयोग हुने फोहोर विक्री गर्ने योजना महानगरको छ । नकुहिने फोहोर विक्रीबाट मात्रै वार्षिक करीब १२ करोड र मलबाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान महानगरको छ ।
कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरले ३९ हजारभन्दा बढी डस्टबिन बाँडेको छ । तर, स्थानीयले कुहिने र नकुहिने फोहोर नछुट्याइदिँदा समस्या भइरहेको पनि महानगरको सरसफाइ शाखाले बताएको छ ।
बायो ग्यास प्लान्ट निर्माण गरेर कुहिने फोहोरबाट मल बनाउने योजना राखिएको छ । यसबाट पर्यावरण जोगिनुका साथै महानगरको आय स्रोतसमेत बढ्ने महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटा बताउँछन् । प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि महानगरले इन्सिनेरेटर प्लान्ट ल्याउने योजना बनाएको छ । प्लान्टमा प्रतिघण्टा ३ टन प्लास्टिकजन्य फोहोर जलाउन सकिने र त्यसबाट विद्युत् उत्पादन गर्न सकिने नगर प्रमुख सरावगीले बताए ।
काठमाडौँ महानगरपालिकाले उठाउने घरबहाल कर बढेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि कात्तिकसम्म महानगरले ६६ करोड ४१ लाख घरबहाल कर उठाएको छ ।यो महानगरको वर्षिक लक्ष्यको ३७.९५ प्रतिशत हो । वर्षभरीमा महानगरले १ अर्ब ७५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेको छ ।गत आर्थिक वर्ष ०७७/०७८ को ४ महिनामा महानगरले ३३ करोड ५२ लाख घरबहाल कर उठाएको थियो । महानगरले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ५० लाख घरबहाल कर उठाउने लक्ष्य राखेकोमा यसवर्ष भन ३८ करोड बढीको लक्ष्य राखेको हो । यसैबीच महानगरले सम्पत्ती, बहाल तथा पट्टा बापतबाट ४ करोड ६३ लाख कर उठएको छ । गत वर्ष महानगरले यस्तो कर ९८ लाख मात्रै उठाएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा सम्पत्ति कर ३५ करोड ५२ लाख रुपैयाँ उठिसकेको महानगरले जनाएको छ । गत वर्षको यो अधिमा सम्पत्ति कर १८ करोड १३ लाख मात्रै उठेको थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत ८० करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।भूमिकर तथा मालपोतवपत ५९ लाख रुपैयाँ कर उठेको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत १४ करोड ६७ लाख कर उठाईसकेको छ ।चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा महानगरले पार्किङ शुल्कवापत १४ लाख, नक्सापास दस्तुरवापत २३ करोड ९६ लाख रुपैयाँ कर आम्दानी गरिसकेको छ । महानगरले सार्वजनिक गरेकोपहिलो चौमासिक विवरणमा देखाईए अुनसार ३४ शिर्षकमा कर संकलन भएको छ । यो ४ महिनामा महानगरले २ अर्ब ४३ करोड ९८ लाख कुल राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २६.८५ प्रतिशत हो । महानगरले यो वर्ष ९ अर्ब ८ करोड ७० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।
भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार आएको छ । महानगरले असार १३ गतेसम्म ४२ करोड ४७ लाख ५८ हजार ९ सय ७१ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । महानगरले यो आर्थिक वर्षमा ५५ करोडको आन्तरिक आय अनुमान गरेको थियो ।
यही अवधिमा ८४ करोड ४५ लाख ७३ हजार ४ सय २० रुपयाँ समग्रमा आम्दानी गरेको हो । जसमध्ये २० करोड ३१ लाख ५६ हजार ३ सय ४९ रुपैयाँ बराबरको जनसहभागिता उठेको थियो । यस्तै घरजग्गा रजिस्ट्रेसनमार्फत २६ करोड ६६ लाख ५८ हजार ९४ रुपैयाँ राजस्व संकलन भएको थियो ।
१७ पुस, वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७४/७५ को ५ महिनामा ६ करोड २३ लाख ५८ हजार ७ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।
महानगरले नगरवासीसँग लिँदै आएको विभिन्न करबाट सो रकम संकलन भएको हो ।
जुन लक्ष्यको २७ प्रतिशत जति मात्रै …