पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन् । बुधवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिमा गठबन्धन स्वाभाविक भए पनि मतदान अघिको गठबन्धनले भने मतदातालाई अप्ठ्यारो पार्ने बताए । उनले भने, ‘संसदीय विकासको सिस्टमलाई खलबल्याउनु हुँदैन । निर्वाचनको प्राणीभित्र पसेर यसलाई खलबल्याउने काम पनि