सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल (भण्डारी)ले पदबाट राजीनामा दिएकी छन् । मेयरका लागि उम्मेदवार बनेसँगै उनले आइतबार मेयर देवकुमार सुवेदी समक्ष राजीनामा पेश गरेकी हुन् । राजीनामा घोषणा गरेसँगै उनले पाँच बर्षको अवधिमा वीरेन्द्रनगरको विकास र उन्नतीका लागि साझा मुद्दामा एक भएको बताइन् । उनी पाँच बर्षको अवधिमा कुनै विवाद र झमेलामा परिनन् । सुर्खेतमा मात्र नभई समग्र कर्णालीका महिला नेतामा अब्बल नेताकारुपमा आफुलाई स्थापित गराउँदै आएकी ढकालले कार्यकालको केही समय कार्यवाहक नगरप्