जानकी फाइनान्सको सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश रहेको छ ।यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।