निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छः सुरक्षा समिति

काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायहरूले प्रतिबद्धता गरेका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो […]

सम्बन्धित सामग्री

पाँच दिन मदिरा कारोबार निषेध

मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।

केन्द्रीय सुरक्षा समितिबाट ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरिएको छ । बिहीबार  गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले  सो नीति पारित गरेको हो ।  ‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न

केन्द्रीय सुरक्षा समिति बैठक: ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।