उनीहरूले विश्वलाई चिनाउदै भ्रष्टाचार र विकृतिलाई देशै कालो रङले पोते आफूचाहिं राजसी अधिनायक भएर बसिरहे म मौन बसे
किनकि लाज र सरमले पानीपानी भएर शिर निहुराएको थिए उनीहरूले गरिवको घर आगो लगाए किसानको हलो खोसे लङ्गडाको वैशाखी खोसे भाषण नारा चिप्ला र गुलिया दिए म मौन वसे किनकि जनताहरू उस्का कुटिल भाषणले किंकर्तव्यविमूढ भएका थिए उनीहरूले कोरोना प्रकोप भूकम्प, बाढीपहिरोसबैमा सुनौलो अवसर देखे पीडितहरू जिउँदै जले, मरे म मौन बसे किनकि पहुँच पदमा उनीहरू नै थिए उनीहरूले हत्या, हिंसा र बलात्कार सबै गरे सजाय दोषचाहिं निरपराधी र निरीहले पाए म मौन बसे किनकि सत्ता र शक्ति उसकै थिए ।