सरकार सञ्चालनमा सहयोग गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बनेको सरकारलाई कुनै आशंकाको दृष्टिले नहेर्न छिमेकी र सबै अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका छन् । सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै ओलीले यस्तो अनुरोध गरेका हुन् ।