संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छन् । संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गरेकी छन् । उपाध्यक्ष दाहालले भनेकी छन्, ‘नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल […]

सम्बन्धित सामग्री

सङ्घीय संसद् भवन निर्माणप्रति समितिको चासो

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले नयाँ सङ्घीय संसद् भवन निर्माणको ढिलाइप्रति चासो व्यक्त गरेका छन् । समितिले संयुक्त रुपमा बैठक आयोजना गरी बिहीबार सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयलाई सङ्घीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा जानकारी लिन …

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय …

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

काठमाडाैँ- प्रतिनिधिसभाको निर्वाचनमार्फत् उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ। सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन्। आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र […]

नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले

काठमाडौँ,४ पुष । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणमै कानून उल्लङ्घन

कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला भवन निर्माण गर्नुपूर्व इआइए अनिवार्य गर्नुपर्ने कानूनी व्यवस्था छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार इआइए बिना पूर्वाधार निर्माण गर्न पाइँदैन । …

सङ्घीय संसद् अधिवेशन : यस्तो छ भोलिको सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को अधिवेशन भोलि (मंगलबार) अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको ११औँ र राष्ट्रियसभाको १२औँ अधिवेशन अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ […]

सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको छ : सभामुख सापकोटा

काठमाण्डाै – प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले आज शनिवार आयाेजना गरेकाे विधायिकी खुलापन र लोकतन्त्र मेला कार्यक्रममा सभामुख सापकाेटाले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्त्वाकाङ्क्षी छ, ज...

अब सङ्घीय संसद् सचिवालयको कारोबार सरकारी बैंकमार्फत

काठमाण्डाै - सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत सुरु गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटक–पटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आएका गुनासोलाई सम्बोधन गरिएको हो । अर्थ मन्त्रालयको निर्देशनपछि सरकारी स्वामित्वको बैंकमार्फत नै कारोबार हुने व्यवस्था मिलाइएको हो । संसद् र अन्य माध्यममा कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराउनुभएको थियो । सभामुखको निर्देशनअनुसार ...

सङ्घीय संसद् सचिवालयमा अधिकृत बढुवाका लागि ११ जनाको नाम सिफारिस

काठमाडौँ । सङ्घीय संसद् सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । बढुवा समितिको निर्णय अनुसार सचिवालयमा रिक्त रहेका ६ पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्न ११ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस नामावली :

कोरोना सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गयाे

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणका कारण सङ्घीय संसद् सचिवालयका एक उपसचिवको ज्यान गएको छ । सचिवालयको कानुन शाखामा कार्यरत उपसचिव कृष्णबहादुर खनालको उपचारका क्रममा शहीद मेमोरियल अस्पतालमा ज्यान गएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । संसद् सचिवालयले गएकाे बुधवार सांसद र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा खनालले पनि स्वाब दिनुभएको थियो । उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । खनाल लामो समयदेखि बिरामी रहेको पनि पाण्डेले बताउनुभयो ।