झिनिया र सेल रोटीको व्यापारबाट राम्रो आम्दानी

म्याग्दी : तिहार शुरु भएसँगै म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ।तिहारको समयमा एक जनाले दुईदेखि तीन लाख रुपैयाँको झिनिया तथा सेलरोटी बिक्री गरेका व्यापारीहरूले बताएका छन्। सदरमुकाम बेनीमा मात्रै झिनिया उत्पादन गरेर बिक्री गर्ने २५ जनाभन्दा धेरै छन्।बेनीकी राधा बोगटीले तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्याधिक भएको बताइन्। उनले भनिन्‚ ‘दैनिक ७०० वटासम्म झिनिया र सेल रोटी बिक्री हुन्छ।’घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो

सम्बन्धित सामग्री

चित्रेका होमस्टेमा आउन थाले पर्यटक

कार्तिक ४, पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका होमस्टे दशैं तिहारको छुट्टिमा घुमघाममा आएका पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छोडेका होमस्टे खुल्ला भएर अहिले पाहुना राख्न शुरु गरेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य मध्येको एक चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकवहादुर गुरुङले जानकारी दिए ।  पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आँगन र डहर समेत ढुंगाका छपनीले बनाएको । त्यसैले यहाँ आउन पर्यटकहरु हुरुक्क हुने गर्छन् । कोभिड १९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको हो । यहाँका ७ ओटा घरमा व्यावसायिक रुपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । कोरोना संक्रमणको त्रासले बन्द भएका होमस्टेका ढोका खुल्न थालेपछि रमाईलो महसुस भएको होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले बताइन् ।  स्वास्थ्यका मापदण्ड पालना गरि होमस्टे खुल्ला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ ।  कोभिड संक्रमणपछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताइन् । उनले गाउँमा पाहुना आउँदा आफूहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । दशैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाँले जानकारी दिईन् ।  प्रवासी नेपालीहरुको अन्तरराष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिबेशन समेत चित्रेमा आयोजना गरेकोले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताईन् । अधिबेशनमा दुई दिनमा ३०० जना पाहुनाको स्वागत गर्ने तयारी रहेको छ ।     यहाँका बासिन्दाहरु होमस्टे लाई आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।  जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् । सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रुपमा राखिएको छ । घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया घर्तीले बताउनुभयो ।

अर्सा रोटीबाट राम्रोे आम्दानी गर्दै घनीमाया

अर्सा, सेल रोटी र बटुक भन्ने बित्तिकै चाडपर्व, विवाह र विशेष उत्सवमा तयार गरिने परिकारको रुपमा लिइन्छ । विशेष दिनका लागि मात्र होइन, पाल्पाको रामपुर ४ देवीस्थानमा दैनिक यी परिकार पाक्ने गर्छन् ।