नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई बौद्धबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा भन्छन्– 'अनुसन्धानलाई सहयोग गर्छु'

नक्कली भुटानी शर्णार्थी बनाएर ठगी गर्ने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम मुछिएको विषयमा न्यायालयप्रति आस्था रहेको र अनुसन्धान प्रक्रियालाई सघाउने जनाएका छन् ।