नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा भन्छन्– 'अनुसन्धानलाई सहयोग गर्छु'

नक्कली भुटानी शर्णार्थी बनाएर ठगी गर्ने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम मुछिएको विषयमा न्यायालयप्रति आस्था रहेको र अनुसन्धान प्रक्रियालाई सघाउने जनाएका छन् ।