भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्व