भौतिक पूर्वाधारको प्राविधिक ल्याब

मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । केन्द्रले आयोजनालाई नभत्काई÷नबिगारी परीक्षण (नन डिस्टक्टिभ टेस्ट) गर्न सुरु भए पनि प्रयोगशाला नहुँदा पूर्णरूपमा परीक्षण भने हुन सकेको छैन । केन्द्रले सिंहदरबार परिसरमा रहेको आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।