नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । कोभिड १९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताएका हुन् । औषधि व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार औषधि व्यवस्था विभागमा बुधबार मात्रै उद्योगी, व्यवसायीसहित सरोकारवालाको बैठक बसेको थियो । नेपाल औषधि व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने छ ।...