काठमाडौँ । नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई चिनियाँ विदेशमन्त्री वाङ यीले बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौँस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । […]