तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछ