बजार खुलेपछि उद्योगको उत्पादन बढ्यो

विराटनगर । कोरोना महामारीको कारण बजार बन्द हुँदा उत्पादन खुम्चिएका पूर्वका उद्योगहरूले अहिले आफ्नो उद्योगको उत्पादन ५० प्रतिशतसम्म पुर्‍याएका छन् । बजार खुले पनि अहिले खाद्यान्न उद्योग बाहेकका उत्पादनका लागि यो ‘अफ सिजन’ हो । लकडाउनका बेला २० देखि ४० प्रतिशतमा उत्पादन सीमित गरेका उद्योगहरूले अहिले बजार खुलेपछि उत्पादन बढाएका छन् । तर अहिलेको उत्पादन र बजारको अवस्था हेर्दा उद्योगहरू लगानी र अम्दानी बराबरीको अवस्थामा छन् । ५० प्रतिशत बजार र ५० प्रतिशत उत्पादन ‘ब्रेक इभन’को अवस्था हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले खाद्य बाहेकका उद्योगको सिजन भदौपछि मात्र भएकाले दशैंतिर उद्योगको उत्पादन ७० प्रतिशत माथि पुग्ने अनुमान गरे । ‘कोरोनाको तेस्रो लहर आएन अथवा सरकारले मजदूर र उद्योगका कर्मचारीलाई शतप्रतिशत भ्याक्सिन लगायो भने उत्पादन ७० प्रतिशतभन्दा माथि हुन्छ, जुन उद्योगले केही रकम नाफा गर्ने अवस्था हो,’ उनले भने, ‘वस्तुको जति धेरै उत्पादन गरेर विक्री गर्न सक्यो, उद्योगहरूले उति नै नाफा कमाउने हुन तर उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित भयो भने खर्च मात्रै धान्न सक्ने अवस्था बन्छ ।’ सरकारले उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई मात्रै पनि कोरोना विरुद्धको खोप लगाए उद्योगहरूले आफ्नो उत्पादनमा सुधार गर्ने र उत्पादनमा सुधार आएपछि बेरोजगार भएका मजदूरले स्वतः उद्योगमा काम पाउने अवस्था सृजना हुने प्याकुरेलले बताए । उनले भने, ‘मुलकको अर्थतन्त्र माथि उठाउने हो भने उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई तत्काल खोपको व्यवस्था गरिनुपर्छ ।’ मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा गुडलाइफ फुडका सञ्चालक महेश जाजूले लकडाउनमा बन्द भएका उद्योग सञ्चालनमा आएको बताए । लकडाउन खुलेपछि बजारमा चहलपहल देखिन थालेकाले अहिले बजारको अवस्था सुधार हुँदै गएको र खाद्यपदार्थ उत्पादन गर्ने उद्योगको उत्पादन ७० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । बजारको अभाव कारण देखाउँदै सुनसरी मोरङ औद्योगिक कोरिडोरको गुडलाइफ फुडले बिस्कुटको उत्पादन बन्द गरेको थियो । त्यसैगरी झापाको मगमग चाउचाउले पनि उद्योग बन्द गरेको थियो । तर लकडाउन खुकुलो हुँदै गएपछि अहिले दुवै उद्योगले उत्पादन शुरू गरेका छन् । जाजू भन्छन् ‘बिस्कुट लगायत खाद्यवस्तु खुला बोर्डरको कारण भारतीय बजार जोगवनीबाट खुलेआम आइरहेको छ ।’ यस कारण उद्योगको उत्पादन ९५ प्रतिशत पुग्नुपर्ने अहिलेको अवस्थामा ७० प्रतिशतमा खुम्चनु परेको उनले बताए । अघिल्लो लकडाउनका बेला जस्तो अहिले सीमामा कडाइ नभएकाले भारतीय खाद्यवस्तु भन्सार छलेर भित्रिरहेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ठूला साना गरी ५०० उद्योग छन्, जहाँ दैनिक ५० हजार मजदूर काम गर्छन् । अहिले सबै उद्योगहरू सञ्चालनमा आएका छन् । यसअघि रोजगारी गुमाएका २० हजार मजदूर विस्तारै उद्योगमा काम गर्न फर्कन थालेका छन् । सबैले पूर्णरूपमा काम पाउन उद्योगको उत्पादन ९० प्रतिशत पुग्नुपर्ने जाजूले बताए । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले उद्योग चले पनि अहिले बजारको माग घटेकाले उत्पादनमा सीमितता रहेको बताए । अब बजारको सिजन भदौपछि आउने भएकाले उद्योगले पूर्ण उत्पादन थाल्ने बेलासम्म बेरोजगार मजदूरको समस्या पनि समाधान हुने उनको भनाइ छ । सरकारले उद्योगमा काम गर्ने मजदूर र कर्मचारीलाई कोरोना विरुद्धको खोप यथाशीघ्र लगाएर उद्योगमा ढुक्कले काम गर्ने वातावरण बनाउनुपर्ने माग उनले गरे । ‘कोरोनाको खोप लगाएपछि मजदूर र कर्मचारीमा पनि आत्मविश्वास बढ्छ,’ उनले भने, ‘उत्पादन बढेसँगै मुलुकको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’ भारतमा कोरोनाको तेस्रो लहर चल्नेबित्तिकै खुला सिमानाको कारण नेपालमा पनि सोझै आइपुग्ने भएकाले त्यसका लागि सतर्कता अपनाएर सरकारले अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने रिजालले बताए । समस्या आउनुअगावै समाधानका उपाय खोज्दा मुलुकले बेहोर्ने मानवीय तथा आर्थिक क्षति कम हुने धारणा उनले राखे ।

सम्बन्धित सामग्री

धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

धानको उत्पादन बढ्यो

काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ […]

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

काठमाडौँ,४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख […]

किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो

सिन्धुली । जुद्ध बहादुर राई सिद्धकाली जुनार फर्मका सञ्चालक हुन । उनको जुनार फर्ममा पाँच सय बढी जुनारका बोट छन । लटरम्म पहेंलै पाकेका जुनारका बोटले लच्केर भुईं छोएका छन । हेर्दै बसिरहुँ लाग्ने जुनार बगैंचामा पुग्दा राई खुशीले रमाईरहेका थिए । कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष जुनार उत्पादन बढेको थियो । विगत वर्षमा […] The post किरा नियन्त्रणपछि सिन्धुलीमा जुनार उत्पादन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,२५ कार्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,७ भदौ । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली […]

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

काठमाडौँ,१६ साउन । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले […]

मध्यमर्स्याङ्दीको उत्पादन बढ्यो

बेसीशहर । लमजुङको बेसीशहर–१, दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन बढेको छ । केही दिनयता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए । पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा अचेल ५८ देखि ६० मेगावाट पुगेको उनले बताए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दीको जडित क्षमता ७० मेगावाट हो । यसरी नै वृद्धि हुँदै गए वैशाखभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण शुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको हो । यो २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रासस

सुन्तला उत्पादन बढ्यो

धनकुटा-सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिए । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको अनुमान ज्ञान केन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र […]