संघीय तथा प्रादेशिक बजेट दलितमैत्री भएनन् : सरोकारवाला

पुस १, काठमाडौं । सरोकारवालाहरुले संघीय तथा प्रदेश सरकारको बजेट दलितमैत्री नभएको बताएका छन् । बिहीवार दलित सेवा संघले काठमाडौंमा गरेको एक छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । दलितका लागि आवश्यक भन्दा पनि कम बजेट बिनियोजन हुने उनीहरुको भनाइ थियो । साथै, छुट्याइएको बजेट पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको उनीहरुले बताए ।  दलित अधिकारकर्मी हिरा विश्वकर्माले संघीय तथा प्रादेशिक बजेट दलित मैत्री नभएको बताए । संघीय बजेट त दलित मैत्री हुँदै नभएको उनको भनाइ छ । प्रदेशतर्फ प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेशले ल्याएको बजेट पनि दलितमैत्री नभएको उनको उनले बताए । यद्यपि कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र प्रदेश नं २ को बजेट भने दलितमैत्री देखिएको उनले बताए । ‘कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र प्रदेश नं २ प्रदेशले ल्याउने बजेट दलितमैत्री देखिएको छ । तर, अन्य प्रदेशले ल्याउने बजेट दलितमैत्री देखिएन,’ उनले भने,  ‘त्यसमा पनि बाग्मती प्रदेशले ल्याएको बजेट दलितमैत्री त झन देखिएन ।’  आगामी दिन बजेट ल्याउनुपूर्व दलित सांसद, दलित आयोगलगायतका सरोकारवालाहरुले सम्बन्धित निकायमा आवश्यक दबाब दिनुपर्ने सरोकारवालाहरुको भनाइ थियो । साथै, कार्यान्वयनको बिषयमा पनि दबाब दिनुपर्ने उनीहरुको भनाइ छ ।  यस्तै, कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्ने बताए । साथै उनले  अन्यायमा परेको समुदायलाई न्याय दिलाउन कार्यमा आफु प्रतिबद्ध रहेको पनि बताए । सदियौंदेखि उत्पीडनमा परेका समुदायका लागि क्षतिपूर्तिसहितको अधिकार दिलाउन पहल गर्ने  उनले बताए  ।  उता संघका अध्यक्ष ईश्वरीप्रसाद विकेले संविधानमा व्यवस्था भएको दलित अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । विसं २०५१ मा स्थापना भएको संघले विगत २८ वर्षदेखि दलित र सीमान्तकृत समुदायको अधिकार र विकासका लागि कार्य गर्दै आएको छ । 

सम्बन्धित सामग्री

सातै प्रदेशको बजेट आज

बुधबार सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन्। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि सात वटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्न लागेका हुन्।

सिंहदरबार भन्छ ढुंगो फुटाउँछु, प्रदेश भन्छ जोगाउँछु !

मंगलबार सातवटै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याए । संघीय सरकारले बजेट ल्याएको ठीक १५ दिनपछि प्रदेश सरकारहरुले आ–आफ्ना प्रदेशको वर्ष दिनको अनुमानित आय–व्ययसहितको प्रादेशिक बजेट ल्याएका हुन् ।संविधानले प्रदेश सरकारहरुले प्रत्येक वर्ष असार १ गते प्रदेश सभामार्फत आर्थिक वर्षको बजेट ल्याउनैपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम प्रदेश सरकारहरुले घटीमा ३० अर्ब ३ करोड देखि अधिकतम ५७ अर्ब ७२ करोड बराबरको आर्थिक वर्षको बजेट ल्याएका छन् ।आकारमा यसपटक त्यति