सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए । स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए । सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो ।रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् । मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको क