तेह्रथुमका किसान किबी खेती तर्फ आकर्षित

तेह्रथुम । तेह्रथुमका किसानहरुले किबी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । नगदेबालीको स्याहार सुसार र संरक्षणमा नयाँ प्रविधि भित्रिएसँगै उनीहरु किबी खेतीमा लागेका हुन् । तेह्रथुम लालीगुराँस नगरपालिका सोल्माका देवी पोखरेलले सुरु गरेको किबी खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । इलामबाट दुई सय किबीको बिरुवा ल्याएर धानखेती मासेर किबी खेती गर्नुभएका पोखरेलको बगैंचामा […]

सम्बन्धित सामग्री

भारतको कश्मीरका किसान किबी खेतीतर्फ आकर्षित

काठमाडौँ– भारतको जम्मु कश्मीरका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउका लागि प्रख्यात रहेको कश्मीर उपत्यकाका किसान किबी खेतीतर्फ आकर्षि हुन थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि केही किसानले सोखका लागि किबी खेती गर्दै आएका थिए । यद्यपि पछिल्लो समय ठूलो सङ्ख्यामा कश्मीरी किसानहरु व्यावसायिक किबी खेतीतर्फ आकषित भएको […]

तेह्रथुममा किबीबाट बार्षिक ३ लाख

तेह्रथुम । तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती देख्न सकिन्छ । परम्परागत खेती भन्दा नयाँ खेती सुरु गर्दा धेरै फाइदा भएको सोल्माका किसान देवी पोख्रेलको भनाई छ । नगदेबालीबाट मनग्य आम्दानी लिन सकिने उहाँले बताउनुभयो । यहाँका […]

उपमेयर दम्पतीको किबी खेती मोह

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किबी खेती सुरु गरेको ठ्याक्कै ७ वर्ष पुग्यो । उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा यसको खेती सुरु गरेका हुन् । किबी खेती सुरु गरेपछि आम्दानीभन्दा पनि उत्पादन कसरी बढाउने भन्ने चिन्तामा रहन्थे, उनी । इलामबाट २ सय किबीका बिरुवा ल्याएर मकै, कोदो लगाइरहेको जमिनमा उनले किबी खेती सुरु गरेका थिए । नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएका कारणले लगानी माटोमै खेर जान्छ कि, राम्रो आम्दानी हुन्छ भन्ने ठेगान नभएको उनको भनाइ छ । पोख्रेलकी श्रीमती तिला पोख्रेल लालीगुराँस नगरपालिका उपप्रमुख हुन् । श्रीमान्ले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकको सेवामै व्यस्त हुँदै आएकी उनी फुर्सदको समय बगानमा श्रीमान्लाई सघाउँछिन् । परम्परागतभन्दा नयाँ खेती सुरु गरेका दम्पतीलाई नगदेबालीमा बढी आम्दानी लिन सकिन्छ भन्ने ढुक्क छ । ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको पनि भने ?’ देवीले भने, ‘हौसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर, म निरन्तर आफूले गरेको खेतीमा लागिरहेँ । जब किबीबाट आम्दानी दिन सुरु भयो, अहिले मेरो खेती देखेर लोभिन्छन् ।’ ०७१ सालमा खेती सुरु गरेका पोखरेल दम्पतीले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनीहरु आफ्नो खेतीबाट दंग छन् । देवी थप्छन्, ‘खेती सुरु गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो । चार वर्षमा बजारमा पुर्‍याउन सफल भइयो । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहक मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोचमा छौं । अन्नबाली लगाउँदा बढीमा आठ/दस हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।’ देवीले अहिले जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचय बनाइसकेका छन् ।  बगानबाट वार्षिक दुई हजार किलोग्राम किबी उत्पादन हुँदै आएको छ । व्यावसायिक रूपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्ताव लगे पनि कुनै सहयोग नपाएको गुनासो गरे । पोखरेल किबी किसान मात्र नभई प्रशिक्षकको रूपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसान उनको बगान आउने गरेका छन् । खेतीसँगै नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री सुरु गरेका छन् । उनले रेड र ग्रीन जातका किबी खेती गर्दै आएका छन् । सुरुमा एक्लै खेती गरेका पोखरेलको सिको गरेर अहिले गाउँमा धेरैजसो किसानले किबी खेती थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानी काठमाडौंलगायत पूर्वका विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ ।  उत्पादित किबी प्रतिकिलो १ सयदेखि ३ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई छाड्दै किसान नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किबी । जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किबी’ चराले चीन, नेपाल र न्युजिल्यान्ड पुर्‍याएको मानिन्छ । किबीको सबैभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्यान्डमै रहेको बताइन्छ । न्युजिल्यान्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब डलरको किबी आयात हुने गरेको तथ्यांक छ । किबी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर, कतिपयले किबीलाई जापानी रैथाने फल भन्ने गरेका छन् । चीनको याङत्जे उपत्यका किबीको पितृभूमि रहेको विश्वास छ । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड बिरुवा हो । नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किबी हो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती सुरु भएको र सन् १९७४ देखि किबीले अन्तर्राष्ट्रिय पहिचान पाएको बताइन्छ । उपयोग तथा औषधीय गुण फलको राजा किबीलाई यार्सा र ग्यानोडार्मा च्याउजत्तिकै औषधीय गुणयुक्त मानिन्छ । किबीलाई शक्तिवर्द्धक र क्यान्सरको औषधी बनाउन प्रयोग गरिन्छ । किबीबाट रक्सी, ब्रान्डी, वाइन, जेली, वियर, जुस, जाम, कस्मेटिक सामग्री आदि बनाउन सकिन्छ ।

किबी खेतीमा किसानको आकर्षण

पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् । सो खेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने जनाइएको छ । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आफूहरुको आकर्षण बढेको किसान बताउँछन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा, दिपायल सिलगढी तथा शिखर नगरपालिकालगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ । आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किबीले अहिले राम्रो फल दिन सुरु गरेको सिलगढीका स्थानीयवासी हेम मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “साविकको जिल्ला विकास समितिले परीक्षणका लागि केही बोट किबी दिएको थियो, मैले लगाए अहिले राम्रो फलेको छ, मेरो किबी देखेर अरुले पनि लगाउन सुरु गरेका छन् ।” उत्पादित किबी स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेलधुरा तथा कैलालीसम्म माग हुने गरेको उहाँले जानकारी दिनुभयो । किबी खेतीबाट मनग्य आम्दानी हुने गरेको जोरायल–५ गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो ।

किबी खेतीमा आकर्षण

पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् ।

किबी खेतीमा आकर्षण

तेह्रथुमका किसान परम्परागत बालीलाई मास्दै नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् ।थोरै मेहनत र राम्रो आम्दानी हुने लोभमा पछिल्लो समय किसानहरू व्यावसायिक रूपमा नगदेबाली रोज्न थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रका किसानको रोजाइ यतिबेला किबी खेती बन्न पुगेको छ । घमाइलो तथा मलिलो माटोमा राम्रै आम्दानी लिने आशाका साथ किबीखेती सुरु गर्न थालेका हुन् । एउटै […]

बेथाञ्चोकमा व्यवसायिक किवि खेती

थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि काभ्रेको बेथानचोक गाउँपालिकाका किसान किवि खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भगवान घिमिरेको अगुवाइमा त्यस भेगमा किवि खेतीको विस्तार अभियान थालिएको छ । वडा अध्यक्ष घिमिरेले भने, “हाम्रो वडामा किवि खेतीका लागि प्रचुर सम्भावना छ, त्यसैले हामीले यसका लागि अभियान थालेका छौं । “एक हजार ४ सय मिटरभन्दा माथिको उचाइमा किविको उत्पादन लिन सकिन्छ । कम लगानी मै पर्याप्त फल पाइने र राम्रो मुल्य मिल्ने किबी खेती बेथाञ्चोक गाउँपालिकाभरी नै गर्न सकिन्छ ।”उनले भने ।

बुराँसेका किसान किबी खेतीमा आकर्षित

सल्यान : छत्रेश्वरी गाउँपालिका–२ बुराँसेका तेजबहादुर योगी मकै, आलुलगायतका खाद्यन्न बाली लगाउँथे। परम्परागत खेतीमा मेहनत धेरै भए पनि आम्दानी कम हुने भएपछि उनी विकल्पको खोजीमा लागे। यसै क्रममा उनले किबी खेती परीक्षणका रुपमा सुरु गरे। किबी रोपेको केही वर्षमै राम्रै आम्दानी हुन थालेपछि उनले अहिले ३५ रोपनी क्षेत्रफलम...