थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि काभ्रेको बेथानचोक गाउँपालिकाका किसान किवि खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भगवान घिमिरेको अगुवाइमा त्यस भेगमा किवि खेतीको विस्तार अभियान थालिएको छ ।
वडा अध्यक्ष घिमिरेले भने, “हाम्रो वडामा किवि खेतीका लागि प्रचुर सम्भावना छ, त्यसैले हामीले यसका लागि अभियान थालेका छौं । “एक हजार ४ सय मिटरभन्दा माथिको उचाइमा किविको उत्पादन लिन सकिन्छ । कम लगानी मै पर्याप्त फल पाइने र राम्रो मुल्य मिल्ने किबी खेती बेथाञ्चोक गाउँपालिकाभरी नै गर्न सकिन्छ ।”उनले भने ।