आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ ।
धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले क...