व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउने बताउँछिन् । साथै, उनले काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि बताइन् । फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइ