आर्थिक जोखिमलाई कम गर्दै स्वास्थ्य उपचारमा जनताको पहुँच पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमा गर्दा नियमित रुपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाख रुपैँयासम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको बीमितहरुले बताएका छन् ।
‘सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रम धेरै राम्रो कार्यक्रम हो, यो कार्यक्रमलाई सरकारले व्यबस्थित गर्नु जरुरी देखिएको छ’ पाँचखाल नगरपालिका–२ का प्रभुराम कोईरालाले बताउनुभयो । उहाँले विपन्न नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिए पनि विपन्न वर्गसम्म बीमा कार्यक्रमको जनचेतना पुग्न नसकेको बताउनुभयो ।
उहाँले सुरुमा तीन हजार ५ सय रुपियाँ लगानी गर्दा पाँच जनाको परिवारको एक लाख रुपियाँसम्म उपचार सेवा पाउने भएकोले यसबाट बीमितलाई फाइदा पुगेको बताउनुभयो । ‘मेरो पत्थरीको अप्रेशन गर्नुपर्ने छ, उपचारका लागि ४०÷५० हजार लाग्ने भएकोले उपचारका लागि मैले नगद निकाल्नुपर्दैन, बिमा गरेकोले मेरो उपचारमा सहजता हुने भएको हो’ उहाँले थप्नुभयो । उहाँले स्वास्थ्य बीमाको बारेमा विपन्न तथा जिल्लाका विभिन्न विकट क्षेत्रमा रहेका जनतासमक्ष यसको फाइदाको बारेमा जनचेतना जगाउनु जरुरी रहेको बताउनुभयो ।